धरान : नेपाल विद्यार्थी संघ (नेविसङ्घ)ले आइतबार देशभरका क्याम्पस अगाडि विरोध प्रदर्शन गरेको छ ।

सोही क्रममा सुनसरीका १२ वटै सामुदायिक तथा सरकारी क्याम्पस अगाडि नेविसङ्घले प्रर्दशन गरेको हो । इन्धनमा लगाएको पूर्वाधार विकास कर, पुस्तकमा लगाइएको १० प्रतिशत कर फिर्ता गर्ने मुख्य माग सहित प्रदर्शन गरिएको नेविसंघ सुनसरी सभापति मन्दिप भट्टराईले बताए । तत्काल स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुनुपर्ने माग सहित सुनसरी भरिका क्याम्पस अगाडि प्रदर्शन गरेको भट्टराईले जानकारी दिए । इटहरीको जनता बहुमुखी क्याम्पस आज विदा भएको कारण त्यहाँ भोलि प्रर्दशन गरिने उनको भनाइ छ ।Nepal-Student-Union

भ्रष्ट मन्त्रीलाई कारबाही हुनुपर्ने र आफ्ना माग पूरा नभईन्जेल आन्दोलन जारी राख्ने उनले बताए ।  यसैविच पुस्तकमा कर खारेजी र सेक्युरिटी प्रिन्टिङ प्रेसको कमिसनमा मुछिएका निवर्तमान सञ्चारमन्त्री गोकुल बास्कोटालाई कारबाही गर्नुपर्ने लगायतका माग राख्दै  नेविसंघ पुर्वाञ्चल इन्जिनियरिङ क्याम्पस धरानले आधा घण्टा चक्काजाम गरेको छ । सेक्युरिटी प्रिन्टिङ प्रेसको कमिसनमा मुछिएका निवर्तमान संचारमन्त्री गोकुल बास्कोटालाई कार्वाही  हुनुपर्ने र स्ववियु निर्वाचनको कार्यतालिका तत्काल सार्वजनिक गर्नुपर्ने तथा इन्धन र पुस्तकमा लगाइएको  कर खारेज गर्नुपर्ने माग गर्दै चक्काजाम गरिएको नेविसंघका नेता अनुप पौडेलले बताए ।

ओली सरकारले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धि फिर्ता लिन र पुस्तक माथि लगाएको करको बिरोध गर्दै स्ववियू  निर्वाचनको कार्यतालिकाको माग गर्दै नेविसंघ महेन्द्र बहूमुखी क्याम्पसमा पनि विरोध प्रर्दशन भएको छ ।

सङ्घका सहसचिव सरोज रेग्मीले  पुस्तक माथि १० प्रतिशत कर लगाएकोमा आपत्ति जनाउँदै महेन्द्र बहूमुखी क्याम्पसको गेटमा मात्र हैन माग पुरा नभए सिंहदरबार नै पुग्ने चेतावनी दिए ।