धनकुटा : धनकुटाको पाख्रिबास ६ फलाटे डढुवा बस्ने २६ बर्षीय पवन राईको करेन्ट लागेर मृत्यु भएको छ ।

हिजो राती पउने १० बजे राईको घरमा बिजुलीको करेन्ट नआएको कारण उनि आफै घर नजिकै रहेको बिजुलीको पोलमा गई बनाउनेक्रममा उनलाई करेन्ट लागेकोमा स्थानीयहरुले जिल्ला अस्पताल धनकुटामा ल्याई उपचार गराउने क्रममा राईको राती ११ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।