इटहरी : सामुदायिक सभाहल र राधाकृष्ण मन्दिर निर्माणको लागि इटहरी ८ फूलबारी टोलमा पुराण लगाइने भएको छ ।

'श्रीमद भागवत धनधान्यञ्चल सप्ताह ज्ञान महायज्ञ' फागुन १८ देखि फूलबारी भजन कीर्तन तथा आध्यात्मिक सत्सङ्ग सेवा समाजको आयोजनामा हुन लागेको हो ।

आयोजकले आइतबार पत्रकार सम्मेलन गर्दै पुराणबारे जानकारी गराएको हो । पुराणको लागि लागी संयोजक -यज्ञ कटुवाल (गणेश) र सह-संयोजक डिल्ली आचार्यको नेतृत्वमा ७ सदस्य समिति बनाइएको छ ।

धार्मिक तथा सामुदायिक भवन बनाउन हेम सागर तिम्सिनाले निःशुल्क उपलब्ध गराएको ३ धुर जग्गामा राधाकृष्ण मन्दिर निमार्ण गर्न पुराण लगाउन लागिएको हो । मुख्य कथा वाचक रूपमा युवा पण्डित लोमस शरण उपाध्याय र उपवाचक पं वेदप्रसाद घिमिरे शास्त्री हुनेछन् ।