सुनसरी  : बराहक्षेत्र-७ देबिघाट बस्ने नर बहादुर बर्देवाको छोरी १५ बर्षीया मौसम बर्देवा मृत अवस्थामा फेला परेकी छिन ।

आईतबार दिउँसो २ बजे घरबाट कोहि कसैलाई नसोधि हिडेकी मौसम सोमबार दिउँसो ३ बजे सुनसरी बराहक्षेत्र-६ ठाकुरबारीको कोशी किनारमा मृत अवस्थामा फेला परेकी हुन ।

घोप्टो परेको अवस्थामा मृत फेला परेकी बालिकालाई स्थानीय गोठालाले देखी ईलाका प्रहरी कार्यालय महेन्द्रनगरमा जानकारी गराएका थिए । घटनाको जानकारी पाउनसाथ स्थानीय सहित घटनास्थलमा खटिएको प्रहरी टोलीले बालिकाको पहिचान गरेको हो । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।