धरान :  प्रधानमन्त्री केपी शर्मा ओलीले आफु अस्पताल महाराजगञ्ज भर्ना हुनुपूर्व भिडियो सन्देश सार्वजनिक गरेका छन ।

दोस्रो पटक मृगौला प्रत्यारोपणकालागि अस्पताल भर्ना हुनुपूर्व भावुक सन्देश सार्वजनिक गर्दै प्रधानमन्त्रीले भनेका छन, “यस वर्षलाई हामीले समृद्धिको आरम्भ वर्ष भनेका छौं । जसरी खेलको बीचमा ‘बेष्ट स्ट्राइकरले मैदान छोड्दैन, त्यसैगरी हाम्रा भर्खर जागृत हुँदै गरेका सपनालाई बीचमा अलपत्र पारेर म पनि अलप हुन्न।”

प्रधानमन्त्री ओलीले आफू मृगौला प्रत्यारोपण गरेर चाँडै स्वस्थ भई नियमित काममा फर्कने बताएका छन । उनले आफू अस्पतालबाट थप उर्जा र आत्मविश्वास सहित आउने समेत उल्लेख बताएका छन् ।

आफ्नो जीवनका संघर्षमय समय सम्झदै उनले भने, “मेरो सिङ्गो जीवन कुनै न कुनै किसिमको संर्घषमा बित्दै आएको छ । विविध समस्याहरूसँग निरन्तर जुध्ने क्रममा शरीरभित्र सिर्जित रोगसँग लड्न म बाध्य हुन पुगेको यहाँहरू सबैलाई जानकारी नै छ । ”

प्रधानमन्त्री ओली अस्पताल भर्ना :

मृगौला प्रत्यारोपणका लागि प्रधानमन्त्री केपी शर्मा ओली त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका छन ।

सोमवार साँझ धानमन्त्री ओली अस्पताल पुगेका हुन । उनको बुधबार मृगौला प्रत्यारोपण हुनेछ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष समेत रहेका प्रधानमन्न्त्री ओलीलाई भान्जीले मृगौला दिनेछिन । उनी पनि सोमबार नै अस्पताल भर्ना भइसकेकी छन ।