धरान : लिम्बू पत्रकार संघ सुनसरीले किरात याक्थुङ चुम्लुङ धरान उपमहानगर समितिका नव निर्वाचित पदाधिकारीलाई बधाई दिदै परिचायत्मक अन्र्तक्रिया कार्यक्रम गरेको छ ।

किरात याक्थुङ चुम्लुङको धरान १५ स्थित चुम्लुङ हिममा सोमवार आयोजित कार्यक्रममा लिम्वू पत्रकारहरुले अब चुम्लुङ र लिम्वू पत्रकारहरु विच सहकार्य गरेर संगसंगै अघि बढनु पर्ने बताए । किरात याक्थुङ चुम्लुङ धरान उपमहानगर समितिका नव निर्वार्चित पदाधिकारीहरुलाई बधाई दिदै आउदो दिनमा चुम्लुङ र लिम्वू संचारकर्मीहरुको सहकार्य अत्यन्तै नजिक भएर हुनुपर्ने कार्यक्रममा सहभागिहरुले बताए ।

किरात याक्थुङ चुम्लुङका जिल्ला सचिव ताजुव लिम्वूले जुनसुकै कुराका लागि पनि संचार माध्यम चाहिने भएकोले अव चुम्लुङले पनि लिम्वू पत्रकारहरुसंग सहकार्य गर्नुपर्ने बताए । नव निर्वार्चित किरात याक्थुङ चुम्लुङका धरान उपमहानगर अध्यक्ष पदमा लिम्वूले अव लिम्वू पत्रकार संघसंग सहकार्य गर्दे चुम्लुङ अघि बढने बताए । कार्यक्रममा लिम्वू पत्रकार संघका कोषाध्यक्ष सिंह मादेनले लिम्वूहरुको मातृ संस्था चुम्लुङ भएर पनि लिम्वू पत्रकारहरु चुम्लुङले परिचालन गर्न नसकेको बताए ।

लिम्वू पत्रकार संघ सुनसरीका अध्यक्ष कुसल कुरुम्भङको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा संघका सचिव मेरिना तुम्साले कार्यक्रम संचालन गरेकी थिईन ।