इटहरी : फरार रहेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरी जिल्ला अदालत सुनसरीमा हाजिर भएका छन । आफ्नै अनुयायी लाई बलात्कार गरेको आरोपमा उच्च अदालत विराटनगरले सुनुवाइ गर्ने दीन नै उनी जोगबनी नाका हुँदै भारत प्रवेश गरेका थिए ।

धरौटीमा छाड्ने जिल्ला अदालत सुनसरीको आदेशलाइ बदर गर्दै उच्चले थुनामा राखेर अनुसन्धान गर्न आदेश गरेको थियो ।

आफ्नै महिला अनुयायीलाई बलात्कार गरेको अभियोगमा पक्राउ परेका कृष्णबहादुर गिरी 'सिद्धबाबा' लाई जिल्ला अदालत सुनसरीले पुषमा धरौटीमा छोड्न आदेश दिएको थियो । दुई दिनसम्म चलेको थुनछेक बहसपछि न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलाशले गिरीलाई तीन लाख धरौटीमा छाड्न आदेश दिएको हो ।

तर उच्च अदालतका मुख्य न्यायाधीश तिलप्रसाद श्रेष्ठ र न्यायाधीश प्रेमराज कार्कीको इजलासले गिरीलाई धरौटीमा छाड्ने आदेश बदर गरी थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको थियो ।

आदेश विरुद्ध सरकारी वकिलको कार्यालयले उच्च अदालत विराटनगरमा निवेदन दायर गरेका थिए । सिद्धबाबाले पनि साधारण तारेखमा मुद्दाको पुर्पक्ष माग गर्दै निवेदन दायर गरेका थिए ।
उच्च अदालतको आदेश आउने दीन नै फरार भएका उनी १ महिना पछि पुनः जिल्ला अदालत सुनसरीमा हाजिर भएका हुन् ।