भोजपुर : भोजपुर पौवादुम्मा-१ बस्ने २६ बर्षीय जनक भुजेलको ट्याक्टर दुर्घटनामा परी मृत्यु भएको छ । हिजो बेलुका साढे ६ बजे पौवादुम्मा-२ स्थित मध्य पहाडी लोकमार्गमा किराना सामान अनलोड गरी श्यामसिलाबाट तिवारी भञ्याङ तर्फ फर्कदै गरेको को २ त ५९१९ नम्बरको ट्याक्टर अनियन्त्रित भई रोडबाट ५० मिटर तल खसी दुर्घटना हुँदा सहचालक भुजेल गम्भिर घाईते भएकोमा उनको उपचारको क्रममा जिल्ला अस्पताल धनकुटामा मृत्यु भएको हो ।

ट्याक्टर चालक भोजपुर अरुण गाउँपालिका-६ बस्ने २५ बर्षीय महेन्द्र बि.क.समेत घाईते भएकोमा उनको घोपा धरानमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।