पथरी : सरकारी कार्यालय तथा सार्वजनिक स्थलमा धुम्रपान/मद्यपान निषेध गरिएको प्रदेश १ का सामाजिक विकास मन्त्री जिवन घिमिरेले बताएका छ्न ।

वुधवार पथरीशनिश्चरेको पञ्चायत मावीको ४० औँ वार्षिकोत्सव तथा वृहत् विज्ञान प्रदर्शनी कार्यक्रमको उदघाटन गर्दै घिमीरेले विद्यालयको ३ सय मिटर वरीपरी धुम्रपान/मद्यपानजन्य सामाग्री बेचविखन गर्न नपाउने घोषणा गर्नुपर्ने उनको भनाइ थियो ।

घिमिरेले भने ‘यदि त्यसो नगरेको खण्डमा विद्यालयका प्रधानध्यापक लगायत जुन कार्यालय रहेको छ त्यसका प्रमुखलाई ५ हजार जरिवानाको व्यवस्था रहेको बताउदै उनले भने ’ यदि कसैले त्यसको अवज्ञा गरेर सुर्तिजन्य पदार्थ प्रदर्शन गरेको वा प्रयोग गरेको खण्डमा १० हजार जरिवानाको व्यवस्था गरिएको छ । कानुन कार्यान्वयनमा प्रदेश सरकार कडा रुपमा लाग्ने मन्त्रि घिमिरेको भनाइ थियो ।

अर्को प्रशंगमा वोल्दै मन्त्री घिमिरेले नेपाली भाषा दिनदिनै संकटमा पर्दै गएको बताए ।‘अहिले नेपाली भाषा दिनदिनै संकटमा पर्दै गएको छ । अभिभावकको रोजाइमा संस्थागत विद्यालयहरु पछि पर्दै गएपछि नेपालीको प्रयोग कम हुदैँ गएको अवस्था छ' । अब संस्थागत विद्यालयको सुविधा सामुदायिक विद्यालयहरुले दिनुपर्छ । सामुदायिक विद्यालयको आकर्षण बढाउनका लागि प्रदेश सरकारले सबै विद्यालयहरुमा अनिवार्य रुपमा पूर्व विद्यार्थी मञ्च, आमा समुह गठन गर्नुपर्ने अवधारणा पनि ल्याएको मन्त्री घिमिरेले बताए ।

कार्यक्रममा पूर्व विद्यार्थीहरु पत्रकार गोपाल काफ्ले, मिस पूर्वाञ्चल २०१९ रीजु भट्टराई, नेपाल जेसिज वर्ष २०२० का राष्ट्रिय अध्यक्ष अशोक शंकर, असल अभिभावकहरुलाई सम्मान गरियो । परीक्षामा उत्कृष्ट विद्यार्थीहरु, गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण, अवकास प्राप्त्र शिक्षकहरु र यो शैक्षिक वर्षमा विद्यालय छाडेका शिक्षकहरुलाई सम्मान सहित विदाइ समेत गरियो । कार्यक्रममा शैक्षिक सत्र २०७६ को आर्थिक प्रतिवेदन तथा आगामी कार्यक्रम प्रधानध्यापक अर्जुन कुमार बुढाथोकीले प्रस्तुत गरेका थिए ।

पञ्चायत मावि विज्ञान संकाय संचालन गर्ने सामुदायिक विद्यालयहरु मध्ये देशमै उत्कृष्ट रहेको छ । फागुन २३ गते सम्म चल्ने विज्ञान प्रदर्शनीमा रोबट, ड्रोन, मिसाइल, भूतघर लगाएतका ४० भन्दा वढि स्टलहरु रहेका छन् । स्टल अवलोकनका लागि छिमेकी पालिकाहरु र इटहरी, लगायतका क्षेत्रवाट विद्यार्थीहरु आउने प्रधानाध्यापक वुढाथोकीले जानकारी दिए ।