इटहरी : इटहरी उपमहानगरपालिकाले (कोभिड १९०)  कोरोना भाइरसको जोखिम देखाउँदै कर्मचारी नियुक्तिको अन्तर्वार्ता रद्द गरेको छ ।

उपमहानगरपालिकाले सूचना जारी गर्दै कम्प्युटर अपरेटर र कार्यालय सहायक पदको लागी पुर्वनिर्धारित अन्तर्वार्ता स्थगित गरेको हो । उपमहानगरको सूचनामा उम्मेद्वार छनौट तथा सिफारिस समितिको निर्णय अनुसार स्थगित गरेको उल्लेख्य छ ।

२०७६ फागुन २२ देखी चैत ३ गते सम्म अन्तर्वार्ताको मिति तोकिएको थियो । तर सङ्घीय सरकारले भिडभाड र औपचारिक कार्यक्रम स्थगित गर्नु भन्ने परिपत्र को आधारमा अन्तर्वार्ता रोकेको उल्लेख छ ।