धरान : धरानका तीन यूवाले भानुचौकमा रहेको सडकको खाल्डाखुल्डी पुरेर उदाहरणीय काम गरेका छन् । बुधबार राती ११ वजे देखि आफै सिमेन्ट, बालुवा र रोडा मुछेर खाल्डाखुल्डी पुर्ने काम गरेका हुन् ।

उनिहरुले यस्तो काम गर्दा बाटो स्थानीयबासीले कुन संस्था वा ठेकेदारले यो काम गरेको भनेर सोधेका थिए तर यो काम कुनै संंस्था वा ठेकेदार मार्फत गरीएको होईन । धरान ८ का युवा प्रज्वल श्रेष्ठ, नारायण बास्तोला र अनिष बस्नेतले आफ्नै खर्च तथा मनकामना हार्डवेयरको सहयोगमा भानुचौकमा रहेको जोखिमपुर्ण खाल्डाखुल्डी ढलान गरेर पुरेको हुन । आफुहरु धराने हुनुको नाताले यस्तो काम गरेको प्रज्वल श्रेष्ठले बताए । यस कामका लागि आवश्यक सिमेन्ट, बालुवा र रोडाका मनाकामना हार्डवेयरका संचालक नविन राजभण्डारीले सहयोग गरेका थिए ।

Bhanuchok-Yuwa

धरानको मुटु भानुचौक मै खाल्डाखुल्डीले दुर्घटनाको जोखिम भएको तथा धुलोले गर्दा नकारात्मक धारण परिरहेको होटल नवयुगका प्रमेश श्रेष्ठले प्रतिकृया दिए । सडक विभागबाट मर्मत कार्य गरीरहेको तथा त्यहि समयमा गाडी विग्रीएर बसेको हुनाले उक्त खाडल पुर्न नसकिएको धरान उपमहानरपालिका वार्ड नं. २ का वडाध्यक्ष माधव गोविन्द श्रेष्ठले बताए । धरानको मुटु भानुचौक भएकाले यसलाई आफुहरुले पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको बताए । धरानको मुख्य सडक विभाग अन्तरगत पर्ने हुनाले सिधै वडाको वजेटबाट मर्मत गर्न नसकिएको वडाध्यक्ष श्रेष्ठले वताए ।

यूवाहरुले यस अघि पनि धरानको बाटो मर्मतका लागि नगरबासीहरुको प्रतिनिधित्व गर्दैै सडक डिभिजन कार्यालय विराटनगर सम्म डेलिगेसन गएका थिए । आगामी दिनहरुमा पनि आफुले देखेका, आफुले सक्ने सामाजिक काम गर्ने उनिहरुले बताएका छन् ।