झापा : मुगाधन कृष्ण कुमारी राई स्मृति प्रतिष्ठान दमक झापाले दमक ९ स्थित अनाथ बाल बृद्ध आश्रमलाई बिहिबार खाद्यान्न सहयोग गरेको छ ।

प्रतिष्ठानले विहिबार आश्रममा एक कार्यक्रमको आयोजना गरि चामल, दाल तेल बिस्कुट लगायतका खाद्यन सामाग्री प्रदान गरेको हो । प्रजातन्त्रका सेनानी स्वर्गीय मुगाधन राईको १४ औ स्मृती दिवसको अवसर पारेर खाद्यन्न सामाग्री प्रदान गरिएको प्रतिष्ठानकी अध्यक्ष तथा संघीय सांसद महेन्द्राकुमारी लिम्बुले जानकारी दिनुभयो ।

सो सामाग्री आश्रमकी अध्यक्ष सुमित्रा प्रसाईलाई हस्तान्तरण गरिएको हो । सो अवसरमा आश्रमका उपाध्यक्ष मन्धरा पौडेल, सचिब पदम कोईराला नेपाली कांग्रेस झापा ५ का क्षेत्रिय सभापति ढुण्डिराज भण्डारी, महासमिति सदस्य सुरेश सुब्बा, महिला नेतृ रामकुमारी पौडेल, महाधिबेशन प्रतिनिधि घनेन्द्र योङया, कांग्रेस लखनपुर सहसंयोजक राजु न्यौपाने दमक नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष रामबहादुर धिमाल, वडा सदस्य समिन रिजाल प्रतिष्ठानका सचिब पर्शुराम रिजाललगायतको उपस्थिती रहेको थियो