धरान । चतरालाईनको हरिप्रभु मार्गमा आरसीसी ढलान गरी निमार्ण गरिएको छ । ड्रेन सहितको १४ फुट चौडा मिटर लम्बाईको बाटो मनोकामना आरएमसीबाट ढलान गरिएको हो ।

किफायत, छिटो र बलियो हुने भएकाले मनोकामना आरएमसी को प्रयोग गरिएको उपभोक्ता समितिका अध्यक्ष सजन कुमार बज्राचार्यले वताए । यो बाटो धरान नगरकै लागि एउटा उदाहरण बनेको बज्राचार्यको दाबी छ । २०७६ पुस २७ मा सम्झौता भई २०७७ वैशाख ३० गते सम्म सम्पन्न गर्ने गरी सम्झौता भए पनि बाटो निर्माण सम्झौता गरेको समय भन्दा अघिनै सम्पन्न भएको छ ।

RCC-Dhalan

बाटो निर्माणमा १८ लाख ९७ हजार ९ सय ४६ वजेट अनुमान गरीएको भएको छ । जस मध्ये वडा कार्यालयबाट १२ लाख र उपभोक्ताहरुबाट ६ लाख ९७ हजार ९ सय ४६ रुपैया संकलन गरिएको थियो । जसका लागि उपभोक्ताहरुले प्रतिफुट १ हजार २ सय उठाईएको बडाध्यक्ष टंक बहादुर राईले बताए । छोटा तथा भिरालो बाटोमा पानीबाट बचाउन यो प्रविधि उपयुक्त र टिकाउ हुने धरान उपमहानगरपालिकाका प्रविधिकले बताए ।