धरान : धनकुटाको कार्कीछापमा यात्रुबाहक बस दुर्घटना हुदा २५ जना यात्रु घाईते भएका छन् ।

धरानबाट तेह्रथुमको शुक्रबारे जादै गरेको को १ ख २८२४ नम्वरको यात्रुवाहक बस ब्रके फेल भएर पल्टिएको भेडेटार प्रहरीले जनाएको छ । कार्कीछाप देखि थोरै मास्तिर मध्यन्ह १२ बजे तिर दुर्घटना हुदा २५ जना यात्रु सामान्य घाईते भएको इलाका प्रहरी कार्यालय भेडेटारका असई पृथ्वी कार्कीले कपुरीलाई जानकारी दिए । दुर्घटनामा परी घाईते सबैलाई उपचारको लागि बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान ल्याईएको छ ।

अहिले २२ जना घाईतेहरुको बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकश्मीक कक्षमा उपचार भईरहेको प्रहरीले बताएको छ । उनीहरुको अवस्था सामान्य रहेको प्रतिष्ठानले जनाएको छ । अहिले धरान धनकुटा सडक खण्डमा एकतर्फी सवारी सुचारु रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

तस्बिर https://sangalokhabar.com/ बाट