इटहरी : केहिसाता अगाडी भारतमा तीर्थयात्रा जाने क्रममा मृत्यु भएका तीर्थयात्रीलाई तत्काल राहत दिन कार्यविधिले नमिल्ने प्रदेश आन्तरिक मामिलामन्त्रि हिक्मत कार्कीले बताएका छन् ।

भारतको तेलङ्गानामा गत फागुन ७ मा सडक दुर्घटनामा ज्यान तीर्थयात्रीलाई राहत दिनुपर्ने इटहरीका सांसद लिलम बस्नेतले केही समय अगाडी माग गरेका थिए ।

विशेष समय लिएर बस्नेतले उठाएको विषयमा शुक्रवार आन्तरिक मामिला मन्त्री हिक्मत कार्कीले जबाफ दिएका थिए । सडक दुर्घटनामा मृत्यु भएका व्यक्तिहरूलाई राहत दिने विषय कार्यविधि मै नभएको कार्कीले बताए ।

'तीर्थयात्रामा मृत्यु भएको विषयमा कार्यविधिमा रहेनछ' कार्कीले भने 'यसलाई अब प्रमुख जिल्ला अधिकारी मार्फत प्रस्ताव हाल्न लगाएर मन्त्रिपरिसद मा लगेर निर्णय गरेर के कति हुन्छ राहत दिन्छौ ।'

केही समय अगाडी इटहरी उपमहानगरपालिकाले भने घरघरमै पुगेर मृत्यु भएका सात जना र घाइते भई उपचार गराई रहेका अन्य दुई जनाको परिवारलाई जनही पच्चिस हजारका दरले राहत वितरण गरेको थियो ।

गत माघ २३ गते महिना दिनका लागि चार धाम यात्रामा निस्केका इटहरी वडा नम्बर १०,११,र १२ वडाका सात जनाको फागुन ७ गते भारतमा सवारी दुर्घटनामा परि मृत्यु भएको थियो । मृत्यु हुनेमा टिकाराम चौधरी, रसिलाल चौधरी, फुलमति चौधरी, बोधनि चौधरी, गोपाल तामाङ, वीरबहादुर राई र पवनलाल चौधरीको ज्यान गएको थियो ।