इटहरी : सुन्दरहरैचा नगरपालिकाले महिला सिप विकास एवं सशक्तीकरणको लागि भन्दै १७ जना महिलालाई निः शुल्क ड्राइभिङ तालिम दिने भएको छ ।
सुन्दरहरैचा नपा वडा नम्बर ५ बाट विनियोजित महिला कार्यक्रमको दुईलाख बजेटबाट ड्राइभिङ तालिम दिने व्यवस्था गरिएको हो । यो पहिलोचरणमा १७ जना महिलाहरु लाई तालिम दिइने र त्यसको प्रभावकारिता हेरेर पुनः अर्को चरणको कार्यक्रम ल्याइने मेयर शिवप्रसाद ढकालले बताए ।

तालीम उद्घाटन कार्यक्रमको प्रमुख आतिथि समेत रहेक ढकालले महिला उद्यमशिलता र महिला सशक्तीकरणको क्षेत्रमा नगरपालिकाले उल्लेखनीय काम गर्ने बताए ।
कार्यक्रमको सभापति समेत रहेका वडा नम्बर ५ का वडाध्यक्ष राम प्रसाद रिजाल यस्ता कार्यक्रमलाई आगामि दिनहरुमा अझ बढि प्रभावकारी ढंगले अगाडि बढाउने धारणा राखे । अहिलेको तालिम बाट महिला दिदिबहिनीहरु आत्मनिर्भर हुनुपर्नेमा उनले जोड दिए ।