धरान : धरान उपमहानगरपालिकाले पनि कोरोना भाईरसको संक्रमणको उच्च जोखिम भन्दै मेला, महोत्सव, होली पर्व तथा मानिसको ठुलो जमघट हुने कार्यक्रममा रोक लगाएको छ ।

धरान उपमहानगरपालिकाले आज (शुक्रबार) एक सुचना जारी गरी जिल्ला दैवि प्रकोप उद्धार समितिको हिजो विहिवार जिल्ला प्रशासन कार्यालय सुनसरीमा बसेको बैठकले निर्णय गरे अनुसार धरान उपमहानगरपालिकाले पनि मानिसको ठुलो भेला तथा जमघट हुन रोक लगाएको हो ।

सुचनामा अति आवश्यक तथा पारिवारिक भेटघाट बाहेक अन्य कुनै पनि किसिमका मेला महोत्सव, सभा सम्मेलन, समारोह, उत्सव, पर्व (होली) वा कुनै पनि कार्यक्रम नगर्न, नगराउन हुन तथा यस्ता प्रकृतिका सम्मेलन र कार्यक्रमहरुमा सहभागि नहुन समेत नगरबासीलाई आव्हान गरिएको छ ।

धरान उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत विनोद कुमार पोख्रेलका अनुसार जिल्लाबाट निर्देशन आए बमोजिम यस्तो निर्णय धरान उपमहानगरपालिकाले गरेको बताए ।