इटहरी । विश्वभर फैलिएको कोरोना भाइरसको संक्रमणबाट बच्नकालागी सुन्दरहरैंचा नगरपालिकाले निःशुल्क मास्क बितरण गर्न सुरु गरेको छ । बजारमा मास्कको कालोबजारी र अभाव चुलिदै गर्दा नपाले निःशुल्क मास्क दिने कार्यक्रम ल्याएको हो ।

शुक्रबार (आज) देखि नगरपालिका कार्यलय र वडा नं ३ को कार्यलयमा मास्क बितरण हुँदै आएको छ । सुन्दरदुलारी उधोग वाणिज्य संघको सहकार्यमा भएको निःशुल्क माक्स वितरण कार्यक्रममा दैनिक सयौंले मास्क लागिरहेका छन् ।

मास्क वितरण गर्दै सुन्दरदुलारी उधोग वाणिज्य संघका अध्यक्ष किशोर कार्कीले जनताको स्वास्थ्यमा खेलबाड नगर्न व्यपारीहरुलाई आग्रह गरेका छन । सर्वसाधारणलाई सहज रुपमा मास्क उपलब्ध गराउन समेत अध्यक्ष कार्कीले ब्यापारीहरुलाई अनुरोध गरे ।