धरान : बेलका युवा बिकास संस्था र सहयोगी मनका समुहको अभियानमा बेलका नगरपालिका ६ पातल, उदयपुरकी बिद्या राईको उपचारका लागि रु ३०५००/- आर्थिक सहयोग हस्तान्तरण गरिएको छ।

बेलका नगरपालिकाबाट प्राप्त रु.७००० र स्थानिय बेलका नगरपालिका निवासी सहयोगी मनहरुबाट संकलन गरि सोहि वडाका सदस्य नारायण राई, सहयोगी मनका समुहका अभियानता राजेश भट्टराई , संस्थाका अध्यक्ष समाजसेवी आकास राई लगायत अन्य पदाधिकारीहरु, सदस्य एवं अग्रज बुद्धिजीवीहरुको उपस्थीतीमा हस्तान्तरण गरिएको हो।

बिद्या राई सोम ब. राई (दिपक ) र सकुन्तला राईकि माइली छोरी हुन। उनि जन्मेको दुई-तीन दिन देखी नै नाकमा रगत जमेको र बीपी कोइराला स्वास्थ्य बिज्ञानप्रतिष्ठान धरानमा उपचार गर्दा पनि अहिलेसम्म स्वास्थ्यमा कुनै सुधार नभएको कुरा बिद्याका बुवा दिपकले बताए । अब थप उपचारकोलागी भरतपुर लानु पर्ने डाक्टरहरुले सल्लाह दिएको र त्यसको लागि रु.१ लाख ५० हजार देखि २ लाख सम्म खर्च लाग्ने अनुमान गरिएको कुरा बिद्याकी आमा सकुन्तलाले जानकारी दिएकी छिन् ।

सानै उमेरमा बिहे गरेका दिपक र सकुन्तलाको आर्थिक अवस्था कमजोर भएकोले बिद्या राई लाई राम्रो उपचार गरि नानिको उज्ज्वल भबिष्यकोलागि बेलका युवा बिकास संस्थाले सहयोगको अभियान चलाएको अध्यक्ष एवं समाजसेवी आकास राईले बताए। सहयोगी मनका समुहका अर्का अभियानता राजेश भट्टराईले अझै सहयोग हुने क्रम जारी रहेकोले आगामी दिनहरुमा पनि सहयोग जुट्ने अपेक्षा रहेको बताए ।