धरान :  सुनसरीका सवै निजि विद्यालयहरुमा चैत्र ५ गते सम्म सरकारी सार्वजानिक विदा  शनिबार पनि पठन पाठन सुचारु हुने भएको छ ।

निजि विद्यालयहरुको छाता संगठन प्याव्सन, एनप्याव्सन सुनसरीको बैठकले नेपाल सरकारले चैत ५ गते सम्ममा सम्पुर्ण परिक्षा सक्ने निर्देशन दिए अनुसार चैत ५ गते सम्म परेका सम्पुर्ण सार्वजानिक विदाका दिन पनि विद्यालयमा पठन पाठन सुचारु हुने निर्णय गरेको एनप्याव्सन सुनसरी जिल्ला सचिब तथा धरान नगर अध्यक्ष भगत लिम्वूले जानकारी दिए ।

विश्व स्वास्थ्य संगठनले (कोभिड १९) कोरोना भाईरसको उच्च जोखिममा नेपाललाई सुचिकृत गरे संगै नेपाल सरकारले ठुलो मानिसको जमघट हुने र सभा सम्मेलन नगर्न आव्हान गरे संगै शिक्षा मन्त्रालयले पनि कक्षा १ देखि कक्षा ९ सम्मका सम्पुर्ण परिक्षा चैत ५ गते सम्ममा सक्न निर्देशन दिए बमोजिम निजि विद्यालयहरुको छाता संगठन एन प्वाव्सन, प्याव्सन सुनसरीले पनि यस्तो निर्णय गरेको हो ।