धरान । कुुनै बेला भारतीयको रोजाइ बन्न सफल निजि क्षेत्रको चौंथो ठुला एस बैंक अहिले  डुुब्ने मोडमा पुुगेको छ । अन्य बैंक तुलनामा औसत भन्दा बढी ब्याज दिने मामलामा परिचित योे बैंकको अवस्था निकै नाजुुक बनेको छ।

सुुरुवात सन २००४ मा स्थापित यो बैंक राणा कपुुरले आफ्नो नातेदार अशोक कपुुरसँग मिलेर गरेका थिए । भारतको चौथो ठूलो बैंकको रुपमा रहेको एस बैंकको भारतभरमा ११०० भन्दा बढी शाखा र २१ हजार बढी कर्मचारी कार्यरत छन ।। यसको मुख्य कार्यालय मुुम्बइमा रहेको छ ।

भारतको बित्त मन्त्रालयले मार्च ५ देखि अप्रिल ३ सम्मका लागि बैंकको निक्षेपमा रोक लगाएको छ । ग्राहकले झिक्ने पैसामा पनि सीमा तोकिनुुका साथै बैंकको कारोबारमा पनि रोक लगाइएको छ । अर्थ मन्त्रालयले रोक लगाएको समय सिमासम्म बैंकका ग्राहकले ५० हजार भारु भन्दा बढी रकम निकाल्न नसक्ने व्यवस्था गरेको छ ।

Yes-Bank

डुुब्ने संघारमा पुुगेको यो बैंकमाथि भारतको केन्द्रीय बैंक रिजर्भ बैंक अफ इण्डिया (आरबीआई) ले लगाएको प्रतिबन्धपछि सेयर बजारका लगानीकर्ताहरु यो बैंकको सेयर तीव्र गतिमा बिक्री गरिरहेका छन् ।

एटिएमबाहिर लामो लाइन
आरबीआईले यो बैंकबाट निकाल्ने पैसामा सिमा तोकेपछि बैंकबाट पैसा निकाल्न बिहीबार रातिदेखि नै बैंकको एटिएमबाहिर ग्राहकको लामो लाइन देखिएको भारतीय मिडियाहरुले जनाएका छन् । एटिएममा थाम्नै नसक्ने भीड देखिएपछि पैसा सिद्धिने सम्भावना पनि देखिएको बताइएको छ ।