पथरी : कोरना भाइरसको कारण देखाउदै पथरी जेसिसले गर्ने सांगितिक कार्यक्रम स्थगित गरेको छ ।

जेसिसले होलीको अवसर पारेर प्रत्येक वर्ष गर्दै आएको होली मिलन कार्यक्रम यस वर्ष नगर्ने भएको हो । सरकारले महोत्सव र सांगितीक कार्यक्रम नगर्न आग्रह गरेपछि जेसिजले आयोजना गर्ने भनिएको होली मिलन कार्यक्रम स्थगित गरिएको शनिवार प्रेस विज्ञप्ती प्रकाशित गरि जनाइएको छ ।

नेपाल सरकार र जिल्ला प्रशाशन कार्यलय मोरङले होलीमा कुनै कार्यक्रम नगराउन गरिएको आग्रहलाई मध्यनजर गर्दै यस वर्ष फागुन २७ गर्ने होली मिलनको कार्यक्रम स्थगित गरिएको विज्ञप्तीमा जनाइएको छ ।