पथरी : व्यवस्थीत वधशाला नहुँदा स्वास्थ्य र स्वच्छ मासु खान नपाएका पथरी-शनिश्चरेवासीका लागी पथरी बजारमा व्यवस्थित पशु बधशाला निर्माण हुने भएको छ ।

करिव ५० लाख रुपयाँ लागतमा पशु वधशाला निर्माण सुरु गरिएको हो । पथरी बजारमा व्यवस्थीत वधशाला नहुदा यहाका मासु कारोवार गर्ने व्यावसायीले आफ्नो अनुकुल पशु वध गर्दै आइरहेका छन् ।

हप्तामा २ दिन लाग्ने पथरी बजारमा माछा,कुखुरा,भैसी र सुगुरको मासु विक्री गरिदै आएको छ । फ्रेस हाउस सञ्चालकहरुले आफ्नै फ्रेस हाउसमा पशु वध गर्ने भए पनि वजारमा विक्री गरिने मासुका लागी व्यावस्थीत वधशाला नहुदा स्वास्थ्य मासुको विक्री नभएको गुनासो मासु उपभोक्ताको रहदै आएको थियो ।

पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालय मार्फत प्रदेश सरकार र पथरीशनिश्चरे नगरपालिकाको संयुक्त लगानीमा पथरी वजारको गोस लाइनमा वधशाला निर्माण कार्य सुरु भएको हो ।

वधशाला वनाउन ५० लाख ९३ हजार ५ सय ७९ रुपैयाँमा ठेक्का लागेको छ । बधशाला निर्माण पछि दैनिक ठूला पशु ५ वटा र साना १२ वटासम्म वध गर्न मिल्ने स्थल वन्ने नगरको पशुपंक्षी शाखा प्रमुख हेमचन्द्र दहालले जानकारी दिए ।