पथरी : पथरीशनिश्चरे २ को वडा कार्यालयलाई भाडाको भवनमा वस्नु पर्ने वाध्यता हटने भएको छ ।

भवन अभावका कारण भाडाको भवनमा दैनिक कामकाजका कार्य गर्र्दै आएको वडाको कार्यालयको भवन शिलान्यास भएको छ ।
स्थानिय पञ्चकुमार राई,दिपक खतिवडा,दुर्गा खतिवडा र रामभक्त खतिवडाले नि:शुल्क जग्गा उपलव्ध गराएपछि वडा भवन निर्माण हुने भएको हो । आइतवार पथरीशनिश्चरे नगरका प्रमुख दिलिप कुमार राई, वडा अध्यक्ष याम प्रसाद गुरागाँइ ले भवनको शिलान्यास गरेका हुन् । वैदिक विधी अनुसार भवनको शिलान्यास गरिए संगै १ वर्ष भित्रमा भवन निर्माण सम्पन्न हुने वडा अध्यक्ष गुरागाँइले जानकारी दिए ।

वडाको त्रिभुजचौकमा निर्माण हुने भवन भने नगरपालिकाले निर्माण गर्ने छ । दाताहरुले ५ कठा जग्गा निशुल्क उपलव्ध गराएका हुन् ।
नगरको ३ नम्वर वडामा पनि स्थनियवासीले निशुल्क जग्गा दान गरे पनि भवन निर्माण भने सुरु भएको छैन् ।