इटहरी : अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा इटहरी उपमहानगरकी उपमेयर लक्ष्मी गौतम सुत्केरी महिलालाई भेट्न  घर घरमा पुगेकी छन् ।

'सुत्केरी सँग उपमेयर भेट कार्यक्रम' लिएर १० जना सुत्केरी महिलाको घर पुगेकी हुन । विपन्न परिवारका सुत्केरी महिलालाई भेट्न पौष्टिक खाद्यान्न र स्वास्थ्य कर्मी सहित उपमेयर गौतम सुत्केरीहरूलाई भेट्न गएकी हुन । भेटमा बच्चा र आमालाई कपडा प्रदान गरिएको र स्वास्थ्यकर्मीहरुले आमा र बच्चाको स्वास्थ्य परीक्षण गरिएको नगरका प्रेस संयोजक लीलाराज भट्टराईले जानकारी दिए ।

सुत्केरी अवस्थामा अपनाउनुपर्ने सावधानीका बारेमा स्वास्थ्यकर्मीहरुले जानकारी प्रदान समेत प्रदान गरेका छन् । सुत्केरी महिलाले आफूहरूलाई श्रमिक महिला दिवसका बारेमा कुनै जानकारी नभएको बताए । कपडा, खाद्यान्न र चिकित्सक सहित उपमेयर घरमै आउँदा सरकार घरमै आइपुगेको महसुस भएको प्रतिक्रिया दिएका छन् । एक जना सुत्केरी महिलाले माइतीबाट आमा नै आएजस्तो लागेको बताइन ।