इटहरी । इटहरी उपमहानगरपालिका वडा नम्बर ६,नेशनल गल्लीमा आइतबार दिउसो चोरी भएको छ ।

नेशनल गल्लीमा सञ्चालित लक्ष्मी क्लोथमा दिउँसो साढे ११ बजेको समयमा चोरी भएको हो ।  पसलका सञ्चालक नुनु गुप्ता मास्क किन्न बाहिर निस्केको मौका पारेर एक व्यक्ति पसलमा छिरेर चोरी गरेका हुन । सिसी टिभी फुटेजमा देखिए अनुसार करिब २ मिनेट भित्रमा चोरी गरेर फरार भएका छन् ।

पसल सञ्चालक गुप्ताका अनुसार घटनाको विषयमा इलाका प्रहरी कार्यालयमा तत्कालै जानकारी गराइएको तर हाल सम्म चोर पत्ता लाग्न सकेको छैन । उता इलाका प्रहरी कार्यालयले भने खोजी कार्य तीव्र पारिएको जानकारी दिएको छ ।