धरान : प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले फागु पुर्णिमाको अवसरमा प्रदेशबासीको सुख, शान्ति र समृद्धिको शुभकामना दिएका छन् ।

दुई मिनेटको भिडियो सन्देशमा मुख्यमन्त्री राईले भनेका छन्  'असत्यमाथि सत्यको विजयीको रुपमा लिईने होली पर्व मुलुकभर हर्षोल्लासपुर्ण मनाईने राष्ट्रिय पर्व हो । यस पर्वले मानव जीवनलाई रंगिन र उल्लासमय बनाउन प्रेरित गर्ने विश्वास लिएको छु' l

मुख्यमन्त्री राईले सन्देशमा भनेका छन् 'जातिय विविधताको अनुपम संगमकोरुपमा रहेको हाम्रो मुलुकमा सहमति,सहकार्यको बाटोमा प्रेरित गर्न समृद्धिको यात्रामा अघि बढन सबैमा हौसला मिलोस '।