धरान : धरान-६ पानवारीमा एक बालिकालाई बलात्कार गरेको उजुरी इलाका प्रहरी कार्यालय धरानमा दर्ता भएको छ ।

पानवारी प्रहरी चौकीमा पिडितले दिएको मौखिक उजुरीको आधारमा हिजो अपरन्ह ४ बजे धरान-६ पानवारी बस्ने अन्दाजी ३४-३५ बर्षिय सन्तोष कार्कीलाई पानवारी प्रहरीले पक्राउ गरेको थियो ।

पक्राउ परेका विरुद्धमा आज सोमवार विहान इलाका प्रहरी कार्यालय धरानमा पिडितले उजुरी दिएका छन् । उजुरी परे पछि अहिले आरोपितलाई जिल्ला अदालतमा म्याद थप्न लान लागेको इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी ढुण्डीराज न्यौपानेले बताए ।

स्थानीय १५ बर्षीय एक बालिकालाई स्कुटर सिकाईदिने वहानामा जंगलमा लगेर बलात्कार गरेको मौखिक उजुरी प्रहरीमा परेपछि सन्तोष कार्कीलाई प्रहरीले पक्राउ गरेको थियो । घटना केही दिनअघिको भए पनि पीडित वालिकाको अभिभावक धरान बाहिर गएकाले उनीहरु फर्किएपछि मात्र यो घटना सार्वजनिक भएको हो ।