धरान : धरान वडा नम्बर १३ कार्यालयमा रहेको आधारभूत स्वास्थ्य केन्द्रमा स्वर्गीय कुमार सुनुवारको नाममा अक्षयकोष स्थापना गरिएको छ ।

स्वर्गीय कुमार सुनुवारका माइलो ज्वाई पूर्ण थापाले सोमवार वडा नम्बर १३ का वडाध्यक्ष नेत्रप्रसाद काफ्लेलाई नगद १ लाख ५ हजार हस्तान्तरण गरी अक्षयकोष स्थापना भएको हो । वडा नम्बर १३ कार्यालयमा विगतमा मातृ शिशु स्वास्थ्य केन्द्रबाट सर्वसाधारणलाई स्वास्थ्य सेवा दिइरहेको थियो ।

पछिल्लो समय आधारभूत स्वास्थ्य सेवा केन्द्रबाट सर्वसाधारणलाई सेवा दिइरहेको बेलामा यसरी स्वर्गीय कुमार सुनुवारको नाममा स्थापना भएको अक्षयकोषले उपचारमा पहुँच पुग्न नसक्ने सर्वसाधारणलाई फाइदा पुगेको वडाध्यक्ष काफ्लेले बताए ।

१ लाख ५ हजार अक्षयकोषलाई बैकमा फिक्स डिपोजिटमा राख्ने र त्यसको व्याजबाट गरिब उपचारमा पहुँच पुग्न नसकेका सर्वसाधारणलाई उपचारमा सहयोग गर्ने बताइएको छ ।