दमक । झापाको दमकमा रहेको एड्भान्स अस्पतालले सोमबारबाट कोरोना भाईरस स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) स्थपाना गरेको छ ।

विश्वभरी नै स्वास्थ्यको चुनौती बनेको कोरोनाको संक्रमणको बारेमा नागरिकमा बिभिन्न खाले आशङ्का रहेको भन्दै अस्पतालले हेल्थ डेस्क स्थापना गरेको अस्पताल सञ्चालक चैतन्य बरालले जानकारी दिए । कोरोनको बिषयमा बास्तविकता भन्दा धेरै हल्लाले जनजिवन आतंकित भएकोले अस्पताल परिसरमा हेल्थ डेस्क स्थापना गरिएको र यहाँबाट कोरोना संक्रमणको बारेमा सहि जानकारी र शरिरको तापक्रम जाँच गरिने अस्पतालका सहायक मेडिकल सुपरिटेन्डेन डाक्टर अनिल थापाले बताए ।

हेल्थ डेस्कमा दक्ष स्वास्थ्यकर्मीबाट कोरोनाको बारेमा सहि जानकारी दिनुका साथै जानकारी मुलक पर्चा समेत वितरण गरिने अस्पताल प्रशासनले जनाएको छ । सो आवसरमा जो कोहीलाई कोरोना भाइरसको आशंका भएमा अथवा लक्षण देखिएमा तत्काल सरकारी अधिकारीलाई जानकारी गराई उपचारको व्यवस्था मिलाईने पनि एडभान्स अस्पतालका सहायक मेडिकल सपरिटेन्डेन डाक्टर थापाले बताए ।

कोरना भाईरसको जोखिम रोक्न सरसफाईमा ध्यान दिन र हल्लाको पछि नलाग्न अस्पतालले सबैलाई आग्रह गरेको छ । त्यस्तै हेल्थ डेक्स दमकका सबै अस्पतालहरुमा राखिने बताइएको छ ।