इटहरी : इटहरी-१७ पकलीका मेघबहादुर दर्जी अहिले श्रीमतीको खोजीमा भौँतारी रहेका छन् । प्रहरीदेखी माइती नेपाल सम्म पुगेर उनले श्रीमती हराएको बारे जानकारी गराइसकेका छन् । उनकी श्रीमती सरिता भट्टराई अहिले बेपत्ता छिन् ।

गत माघ १० गते देखी सम्पर्क विहीन भएकी उनको खोजी कार्य तीव्र पारिँदिन मेघबहादुर दौडधुपमा छन् ।  श्रीमतीको भन्दा पनि आफ्नो भएभरको सम्पत्ति हराएकोमा बढी दुखित छन् उनी । घर मिस्त्रीको काम गर्ने उनी दैनिक रोजीरोटीकै लागी खट्ने गरेको सुनाउँछन् । ‘कमाएको पैसा जति सबै उसैलाई जिम्मा लगाउँथे । दिनभरि कमाएको पनि बुढीलाई ल्याएर दिन्थे ।,’ उनी भन्छन् , ‘खर्च गर्ने बचत गर्ने र सापटी दिने उनी आफै गर्थिन् ।’

२०५६ सालमा भागी विवाह गरेका थिए । भट्टराईकी छोरी र बरालकी बुहारी सँग उनले विवाह गरेका थिए । सरीताका पुराना श्रीमान् गाउँका शिक्षक हुन् । उनले दोस्रो बिहे गरेपछि सरिता पनि मेघराज सँग पोइल हिँडेकी हुन् ।  छोरी सहित मेघबहादुरले सरितालाई घर भित्राएका थिए । १० वर्ष अगाडी नै छोरीको बिहे भइसक्यो । छोरीको छोरो पनि लाठे भइसक्यो । उनीहरूबाट जन्मेको एउटा छोरो अहिले मेघबहादुर सँगै छ ।

मेघबहादुरका अनुसार व्याजमा लगाएको ६ लाख रुपैयाँ लिएर उनी गायब भएकी छिन् । माइती मावली सबैतिर सम्पर्क गर्दासमेत कुनै खबर नआएको उनी सुनाउँछन् ।
‘छिमेकी ड्राइभर भाइसँग पैसा लिनु रहिछ । केही दिन अगाडी त्यही भाइलाई फोन गरेकी थिइन् । पछि त्यो नम्बरमा फोन गर्‍यो तर लागेन ।, कमाएको जति सबै गुटुमुटु पारेर लगी । अब के गर्ने आफै अलमलमा परेको छु ।,’ उनी भन्छन् ।

अहिले सम्म विवाह दर्ता समेत नगरेका उनीहरू एक अर्काको विश्वासमा थिए । तर अहिले विश्वास घात भएपछि मेघबहादुर छाँगाबाट खसेका छन् ।
विवाह दर्ता नहुनुमा जात नै मुख्य कारण रहेको उनले सुनाए । आफू परियार भएको र उँ बाहुनको छोरी भएकोले उसलाई परियार बन्न मन नलागेर विवाह दर्ता नभएको उनको भनाई छ । 

 मैले बिहे दर्ता गरौँ भन्दा उनले आनाकानी गर्ने, जात नै मिल्दैन भन्ने, पछि गरौला भन्ने गर्थिन् ।, उनी भन्छन्, भरे उसको सुर पैसा लिएर भाग्ने पो रहिछ । मेरो बिचल्ली पारेर भागी । अब कहाँ खोज्ने, पैसा कसरी उठाउने ?’ उनले श्रीमती खोजिँदिन भन्दै इलाका प्रहरी कार्यालय पकलीमा निवेदन दिएका छन् । प्रहरीले पनि खोजी कार्य तीव्र पारीएको बताउँदै आएको छ ।

उता माइती नेपालले भने सीमा परी जान लागेको अवस्थामा मात्र आफूले पक्राउ गर्ने र त्यसको लागी सबै तिर सर्कुलर जारी गरिसकिएको बताएको छ ।