पथरी :  मोरङको पथरीशनिश्चरे नगरका ज्येष्ठ नागरिकलाई सम्मान गरिएको छ ।

ज्येष्ठ नागरिक एकता समन्वय केन्द्र पथरीशनिश्चरे नगर समितिको आयोजनामा आज ८० वर्षमाथिका प्रत्येक वडाबाट ५,५ जनाका दरले ५० जनालाई झर्के थाल, झुल र नगद सहितले सम्मानित गरिएको हो ।

नगर उपप्रमुख यमुना विष्ट वास्तोला, नगर उपसचिव शालिग्राम काफ्ले, ज्येष्ठ नागरिक एकता समन्वय केन्द्रका केन्द्रीय उपाध्यक्ष भूवनेश्वर पोखरेल, नगर अध्यक्ष नेत्र दहाल सहितले ज्येष्ठहरुलाई सम्मानित गरेका हुन् ।

समन्वय केन्द्रलाइ नगरपालिका कार्यालयको १ लाख रुपैयाँको उपलव्ध गराएपछि सो सम्मान कार्यक्रम सम्पन्न गरिएको केन्द्रका नगर सचिव रमेश दहालले जानकारी दिए ।