धरान : उपमहानगरपालिका, इलाका प्रहरी कार्यालय धरानले सुचना जारी गरी माईकिङ गर्दा पनि नटेरी जर्वजस्ती होलीमा रंग लगाई दिनेलाई इलाका प्रहरी कार्यालय धरानले पक्राउ गरी कार्वाही गर्न थालेको छ ।

कोभिड १९ कोरोना भाईरसको संक्रमण जोखिम हुने भन्दै धरान उपमहानगरपालिका, जिल्ला सुरक्षा समितिको बैठकले पनि होलीमा ठुलो मानिसको जमात भेला भएर नखेल्न आव्हान गरे अनुसार धरान प्रहरीले पनि केही दिन देखि माईकिङ गर्दै आएको थियो । तर त्यसलाई पनि अटेर गरी होली खेल्ने क्रममा मंगलबार जर्वजस्ती रंग लगाई दिने दुई जना युवतीलाई इलाका प्रहरी कार्यालय धरानले नियन्त्रणमा लिएको छ ।

धरान १९ घर भएका कुमारी राई र दिलु गौतमलाई प्रहरीले पक्राउ गरेको इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए ।

सुचना तथा माइकिङ समेत गरेर होलि पर्व शान्त ढङगबाट परिवारमा मात्रै मनाउन आग्रह गरेको तर जबर्जस्ति भएकाले पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

डिएसपी न्यौपानेका अनुसार अहिले सम्म धरानमा त्यस्तो हुल हुज्जतमा होली खेल्ने समुह नदेखिएको र केही मोटर साईकल र स्कुटर प्रहरीले नियन्त्रणमा लिएको छ ।

हेल्मेट नगलाई हिडेको र एउटा मोटरसाईकलमा ३ जना चढेको अवस्थामा ३ वटा मोटरसाईकल र १ वटा स्कुटर नियन्त्रणमा लिईएको बताईएको छ । जर्बरजस्ती गर्ने र ट्राफिक नियम उलंघन गर्ने व्यक्ति र सवारी नियन्त्रणमा लिने प्रहरीको डिएसपी न्यौपानेको भनाई छ ।

धरानका मुख्य चौकहरु सुनसान :
धरानको मुख्य चौक भानुचौक विगतका बर्षहरुमा पाईला राख्ने ठाउ नहुनेगरी होली खेल्नेहरुको जमात हुने गर्दथ्यो ।

तर यसपटक कोरोना भाईरसको त्रासका कारण भानुचौकमा होली खेल्नेहरुको भीड नदेखिएको हो । पसलहरुमा पनि विगतमा थुप्रै ह्याप्पी होली प्रिन्ट गरिएको टि सर्ट पनि विक्रि नभएको व्यापारीहरुको भनाई छ ।

यसरी भानुचौक, माछाभौडीमा विषेश भेला, समारोह हुने स्थानमा यसपटक कोरोना भाईरसको जोखिमको कारण होलीमा प्रत्यक्ष असर देखिएको स्थानियवासी बताउछन् ।