धरान : धरान उपमहानगरपालिका वडानं. १३ ले १३ नम्वर वडामा बसोवास गर्ने जेष्ठ नागरिकहरुलाई चार दिने तिर्थयात्रा गराएको छ ।

१३ नम्वर वडा कार्यालयले आफ्नो वडामा बसोवास गर्ने ३३ जना जेष्ठ नागरीकलाई फाल्गुण २१ देखि २४ गते सम्म ४ दिन तिर्थ यात्रा गराएको वडाध्यक्ष नेत्र काफ्लेले जानकारी गराएका छन् ।

स्वास्थ्यकर्मीसंगै केही सहयोगी सहितको सो तिर्थयात्रामा लुम्बिनी, नवलपरासीको सास्वत धाम (सिजी), गोर्खाको मनकामना, देबघाट, गढीमाई, जनकपुरको जानकी मन्दिर, सखडाको छिन्नमस्ता लगायतका धाममा तिर्थयात्रा गराईएको थियो । सो तिर्थयात्राका लागि गणेश सोनी, सरिता मगर, रवि राई, दिपु बास्तोला, जापानबाट उत्तम खड्का, कृषि बजारबाट अजय गुप्ता, सुबोध चौधरी लगायतले सहयोग गरेका थिए ।

तिर्थयात्रा पछि १३ नम्वर वडाका जेष्ठ नागरिकहरु अत्यन्तै खुशी भएका छन् । आफुहरुलाई वडाध्यक्ष नेत्रप्रसाद काफ्लेले तिर्थ यात्रा गराएकोमा जेठो छोरोको कर्म निभाएको ७५ बर्षिय धनबहादुर त्रिखत्रीले बताए ।