मोरङ : मोरङको विराटनगर महानगरपालिका-१२ मलङवाका ७२ वर्षीय परण ऋषिदेवले दाउराको चिर्पटले प्रहार गरी ७० बर्सिया आफ्नै श्रीमती सगुत्री ऋषिदेवको हत्या गरेका छन् ।

सोमवार साँझ ५ बजेको समयमा घरायसी विवाद हुँदा आवेगमा आई परणले श्रीमतीलाई टाउकोमा दाउराको चिर्पटले प्रहार गर्दा सगुत्रीको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । घटनास्थलमा अनुसन्धान अधिकृत सहितको टोली खटी गई कानुनी प्रक्रिया पुरा गरी शव परीक्षणको लागि कोसी अस्पताल पठाएको छ भने परणलाई नियन्त्रणमा लिई अन्य थप अनुसन्धान भइरहेको उक्त कार्यालयले जनाएको छ ।