धरान : धरान जेसीजको आयोजनामा नोबेल कोरोना भाइरस सम्बन्धी सचेतनामूलक कार्यक्रमका साथै सौहाद्र्पूर्ण वातावरणमा फागु पूर्णिमा कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा श्रव्य दृश्य मार्फत सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएका थियो भने कार्यक्रममा सहभागीलाई मास्क, टिसर्ट वितरण गरिएको थियो । कार्यक्रमका सहभागी धरान जेसीजका पूर्व अध्यक्ष अशोक ताम्राकारले भने “विश्वमा त्रास फैलाउने कोरोना भाइरसको बारेमा तथ्य जानकारी पाउ“दा खुसी लागेको बताए ” ।

नोबेल कोरोना भाइरस सम्बन्धी सचेतनामूलक कार्यक्रमको सहजीकरण वी.पी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबिबिएस तेस्रो वर्षमा अध्ययनरत समन वाग्ले र निशान्त डल्लाकोटीले गरेका थिए । वर्तमान त्रासपूर्ण परिस्थितिलाई मध्यनजर गर्दै पानी छ्याप्ने,इच्छा विपरीत रङ्ग दल्ने, अण्डा फुटाउने जस्ता कार्यहरू निषेधित गरिएको थियो । कार्यक्रमको अर्को आकर्षणका रूपमा सचेतनामूलक फेस पेन्ट र सांगीत प्रस्तुत रहेको थियो ।

फेस पेन्ट माइनर वि.क. र सचिन शाक्यले गरेको थिए भने साङ्गीतिक प्रस्तुति राजु थापा र जेसी सुमित श्रेष्ठले गरेको थिए । उक्त कार्यक्रमका संयोजक जेसी बलराम विश्वकर्मा रहेका थिए ।