काठमाडौं :   पुर्वमन्त्री गोकुल  बाँस्कोटाको घरमा आज बिहान करिब ७ः४० बजे प्रेसर कुकर बम विस्फोट भएको  छ । मध्यपुरथिमि नगरपालिका-१ लोकन्थलीस्थित मनोहरा फाँटमा घरको पर्खाल र घरको सिसामा क्षति पुगेको छ। विस्फोटबाट बा १९ च ४७८१ नम्बरको निजी भ्यानको सिसामा समेत क्षति महानगरीय प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक शान्तिराज कोइरालाले जानकारी दिए । घटना नेत्रविक्रम चन्द समूह विप्लव समुहबाट भएको हुनसक्ने प्रहरीको अनुमान छ । विप्लव कार्यकर्ता तेज गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको उनले जानकारी दिए ।

घटना कसले घटायो भन्नेबारेमा घटनास्थलमा अहिले प्रहरी टोलीले अनुसन्धान गरिरहेको कोइरालाले जानकारी दिए । बम विस्फोट गराउने समूहबारे अहिलेसम्म केही खुल्न सकेको छैन । ठूलो आवाज निस्किएर बम विस्फोट भएको प्रत्यक्षदर्शीले बताएका छन् । विप्लव कार्यकर्ता तेज गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको  बिहान ११ :५० मा कल सम्पर्कमा कपुरीलाई कोइरालाले जानकारी दिए ।

बाँस्कोटाको घर क्षेत्रमा मङ्गलबार दिनभर प्रहरीले गस्ती गरेको आज भने बिहानैदेखि प्रहरीको गस्ती नभएको मौका पारेर बम विस्फोट गराइएको स्थानीयवासीको भनाइ छ ।

पूर्वमन्त्री बाँस्कोटा मन्त्री भएदेखि नै भक्तपुरको बालकोटस्थित प्रधानमन्त्री केपी शर्मा ओलीको निजी निवासमा बस्दै आएका छन ।