धरान : बराहाक्षेत्र स्थित चतरा नहरमा एक युवतीको शव फेला परेको छ ।

भारत मोतिहारी जिल्ला घर भई बराहक्षेत्र १ मामा घर बस्दै आएकी १६ बर्षीय काजल साह मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

मामा सन्तोष साह को घरमा बस्दै आएकी काजल हिजो मंगलबार बिहान पौने ११ बजे चतरा नहरमा गई हामफालेको भनि ईलाका प्रहरी कार्यालय चतरामा खबर गरिएको थियो । ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट गएको प्रहरी टोलीले स्थानीयको सहयोगमा खोजी गर्ने क्रममा चतरा नहरमा काजलको शव फेला पारेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । घटनाकोबारेमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।