धरान : धरानमा मङगबार  भएको छुरा प्रहारको घटनामा संलग्न चार जनालाई अनुसन्धानका लागि ५ दिन म्याद थप गरिएको छ ।

धरान- १२ स्थित पव्लिक हाईस्कुलको खेल मैदानमा मंगलबार साझ अनन्त राईलाई छुरा हान्ने प्रमुख एलेक्स भनिने प्रकास तामाङ सहित धरान-२ बस्ने १९ बर्षिय बरदान चौधरी, धरान २ कै २० बर्षिय लाप्साङ तामाङ र धरान १२ बस्ने २० बर्षिय रोहन श्रेष्ठलाई आज बुधवार जिल्ला अदालत सुनसरीमा इलाका प्रहरी कार्यालयले उपस्थित गराई ज्यान मार्ने उद्योग मुद्दामा ५ दिनको म्याद थप गरी अनुसन्धान कार्य भैरहेको इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए ।

छुरा प्रहारबाट गम्भिर घाईने भएका धरान ४ का अनन्त राईको अवस्था भने गम्भिर रहेको जनाईएको छ । उनको बाँया कोखामा गहिरो चोट लागेकोले मंगलबार राति शल्यक्रिया गरिएको छ । अहिले उनको डि आईसियु्को ८ नम्वर बेडमा उपचार भईरहेको छ । अर्का घाईते पेम्बा लामा भनिने पेम्बा पङसुवालाई डिस्चार्ज अस्पतालले दिएको छ । उनको देब्रे हातको विचको औला भाँचिएकोले हातमा स्टील लगाईएको छ भने टाउकोमा ५ टाका लगाईएको उनका बुबा निमा पङ्सुवाले बताए ।