झापा : झापाको मेचीनगर नगरपालिका-६ मेची डाँडाबाट नियन्त्रित लागु औषध खैरो हिरोइन सहित धरानका १ युवा पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले बुधवार दिउँसो पौने २ बजे सुनसरीको धरान उप-महानगरपालिका-८ का २६ वर्षीय कृष्णदास दर्जीलाई १६ ग्राम नियन्त्रित लागु औषध खैरो हेरोइन सहित पक्राउ गरेको हो । भारतीय बजारबाट नेपाल तर्फ आउँदै गरेका दर्जीलाई चेक जाँच गर्ने क्रममा दर्जीले लगाएको पाइन्टको गोजीमा रुमालमा पोको पारेर राखेको अवस्थामा उक्त परिणामको लागु औषध बरामद भएको थियो ।

लागु औषध सहित पक्राउ परेका दर्जीको सम्बन्धमा थप अनुसन्धान भइरहेको उक्त कार्यालयले जनाएको छ ।