पथरी : नेकपा निकट युवा सङ्गठन राष्ट्रिय युवा सङ्घको अगुवाइमा मोरङको पथरी बजारमा मास्क लगायतका सामाग्री सर्वसाधारणलाई सर्वसुलभ रूपमा वितरण गर्न आग्रह गर्दै अभियान थालिएको छ ।

युवा सङ्गठन पथरीशनिश्चरे नगर समितिको अगुवाइमा बुधवार साँझवाट अभियान थालिएको हो ।
सङ्घको आयोजनामा भएको अभियानमा नगरपालिका उपप्रमुख यमुना विष्ट बास्तोला, सङ्घको मोरङ जिल्ला अध्यक्ष नवीन पौडेल, जिल्ला सदस्यहरू मनि लिम्बू, भक्त राई, नगर संयोजक सुमन वनेम लिम्बू, सहसंयोजक नवीन कार्की, नेकपाका जिल्ला सदस्य जीवन खतिवडा र पत्रकारहरूको सहभागिता थियो ।

टोलीले पथरी बजारको सुदिप मेडिकल, मोरङ अस्पताल, पथरी अस्पताल तथा १० वटा औषधि पसलहरुमा पुगेर मास्क, सेनेटरी प्याड, ग्लोब लगायत सामाग्रीहरू बिक्री वितरण बारे बुझेका थिए ।

अभियानका क्रममा औषधी पसल पुगेका अभियानकर्मीले मास्क तथा अन्य सामाग्रीको कृत्रिम अभाव नगराउन आग्रह गरेका थिए भने व्यावसायीले पनि मास्कको अभाव वजारमा भएको भन्दै आपूर्ति भए अनुसार नै बिक्री गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । यस्तै किसिमको कार्यक्रम बुधवार नै मोरङको उत्तरी क्षेत्र लेटाङ बजारमा पनि गरिएको सङ्गठनका जिल्ला अध्यक्ष नवीन पौडेले जानकारी दिए ।

कोरना भाइरसको सङ्क्रमण नेपालमा पनि फैलनसक्ने भन्दै विश्व स्वास्थ्य सङ्गठनले उच्च जोखिममा राखे सँगै बजार मा मास्कको कृत्रिम अभाव बढेको गुनासो गरिँदै आएको छ ।