मोरङ :  मोरङको ग्रामथान गाउँपालिका-२ खुनियाकट्टा बस्ने ४० बर्षीय हरेराम सरदारको पोखरीमा डुबेर मृत्यु भएको छ ।

मंगलवार दिउँसो घर नजिकै रहेको गंगेबाबा मन्दिरको पोखरीमा नुहाउने क्रममा अचानक पोखरीमा डुबेर घाईते भएका सरदारको उपचारको क्रममा बुधवार दिउँसो २ बजे बिराटनगरको नोबेल अस्पतालमा मृत्यु भएको हो ।

घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।