इटहरी : इटहरीका युवाहरू व्यावसायिहरुले नोभल कोरोना भाइरसको बिषयमा सचेतता जगाउदै नि:शुल्क मास्क वितरण गरेका छन् ।

इटहरी चौकमा पैदल यात्रु र सफारी चालकलाई कोरोनाको बिषयमा सचेत गराउँदै मास्क वितरण गरेका हुन् ।

व्यावसायी बिक्रम घिमिरेको अग्रसरता भएको कार्यक्रममा १० बढी युवाहरूले सचेतता जगाएका थिए । कोरोनाको बिषयमा बजारमा गलत प्रचार भएको भन्दै सचेत गराउन कार्यक्रम आयोजना गरिएको घिमिरेले बताए । सेनेटाइजर प्रयोग गर्ने तरिका, हात धुने तरिका कोरोनाको सम्भावित जोखिमबाट बच्ने तरिकाका बारेमा सर्वसाधारणलाई जानकारी गराइएको थियो । रक्सी खादा कोरोना हट्छ भनेर गलत प्रचार भएको भन्दै हल्लाको पछि नलाग्न यात्रुहरू लाई सचेत गराइएको थियोे । कार्यक्रममा हात धुन देखि मास्क लगाउन समेत सिकाइएको थियो । ५ सय बढी मास्क वितरण गरिएको घिमिरेले जानकारी दिए ।

Itahari-Msak-Distribution-2

अहिले बिश्वमै आतंकको रुपमा फैलिएको भाइरसले नेपाली जनतामा पनि कुनै न कुनै बेला आक्रमण गर्ने सक्ने भन्दै कार्यक्रम गरिएको व्यावसायी दिवस पोखरेलले बताएका छन । उद्योग वाणिज्य संघ इटहरीका वरिष्ठ उपाध्यक्ष समेत रहेका पोखरेलले बेलैमा सचेत हुन सके सम्भावित जोखिम बाट बच्ने सकिने बताए ।

आफुहरुको सानो पहलको भुमिका हुने भन्दै कार्यक्रम प्रभावकारी भएको उनको भनाइ छ ।