इटहरी : कोरोना (कोभिड १९) भाइरसबाट बच्न पुर्वसावधानकोलागी इटहरी उपमहानगरपालिकाले ८ लाख बजेट बिनियोजन गरेको छ ।

बिहिवार दिउसो पत्रकार सम्मेलन गर्दै इटहरी उपमहानगरकी उपप्रमुख लक्ष्मी गौतमले कोरोना संक्रमण हुन नदिन बजेट छुट्याएरै काम शुरु गरेको बताइन् ।

उपमहानगरले बिपद व्यवस्थापनमा छुट्याएको रकम मध्येबाट ८ लाख बजेट कोरोना बिरुद्ध लड्न छुट्याएको हो । उपमहानगरले जारि गरेको बिज्ञप्ति जारी गर्दै प्रत्येक बिद्यालयमा थर्मोमिटर दिइने छ । थर्मोमिटर लगायत साबुन, हेण्डीसेनेटाइजर र माक्स जस्ता सामाग्री समेत अस्पताललाई उपलब्ध गराउने उपमहानगरले जनाएको छ ।

'बिहिवार बसेको कार्यपालिकाको बैठकले तत्काल कार्यक्रम संचालन गर्न पहीलो चरणमा ८ लाख बजेट छुट्याएको छ' उपप्रमुख गौतमले भनिन 'संकट आउन नदिन निजि क्षेत्र सङको साझेदारीमा पर्चा पम्प्लेट लगायतको प्रचार कार्यक्रम पनि गर्ने छौ' ।