पथरी : मोरङ्गको सुनवर्षीवाट कटुवा पेस्तोल सहित ३ जना भारतियलाई बिहिबार राति रंगेली प्रहरीले पक्राउ गरेको छ । सुनवर्षि ८ हर्चनगढिवाट उनीहरुलाई रंगेली प्रहरीले नियन्त्रणमा लिएको हो ।

मोरङको सुनवर्षी-८ हर्चनगढीबाट ३ जना भारतीय नागरिक हतियार सहित पक्राउ परेका छन । पक्राउ पर्नेमा जिल्ला अररिया धर्मगंज पंचायत पलासी थाना डकैता भारत बस्ने २१ बर्षीय अजय कुमार मण्डल, १८ बर्षीय आन्नद कुमार मण्डल र २१ बर्षीय राकेश कुमार साह रहेका छन ।

हिजो राती सवाँ ८ बजे हर्चनगढी स्थितमा रहेको एक घरमा मादक पदार्थ सेवन गरी बसिरहेका उनिहरुलाई १ थान कटुवा पेस्तोल,१ राउण्ड गोली र उनिहरुले प्रयोग गरेको १ थान १५० सि.सि.को ON TEST पल्सर मोटरसाईकल सहित नियन्त्रणमा लिईएको ईलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ ।

अन्य थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ । प्रहरी निरीक्षक दाहालले भने ‘बन्दुक सहित नियन्त्रणमा लिएपनि थप अनुसन्धान भइरहेकाले छ ।' हाल नियन्त्रणमा लिइएका ३ जनालाई नै इलाका प्रहरी कार्यालय रंगेलीमा राखिएको छ ।