पथरी :  शरणार्थी सम्वन्धी राष्ट्रसंघिय उच्चायोग (युएनएचसीआर) ले मोरङको पथरी शनिश्चरेस्थित पथरी नगर अस्पतालका लागि भिडियो एक्सरे (युएसजी) मेसिन हस्तान्तरण गरेको छ ।
युएनएचसीआरकी नेपाल प्रमुख क्यारोलिन स्पुनित बर्माले नगर प्रमुख दिलीपकुमार राई, उपप्रमुख यमुना विष्ट वास्तोला तथा नगर अस्पताल व्यवस्थापन समिति अध्यक्ष यामप्रसाद गुरागाईंलाई मेसिन हस्तान्तरण गर्दै त्यसको सम्झौताको कागजात समेत साटासाटा गरिएको छ।

२८ लाख ९० हजार रुपैयाँ बराबरको मेसिन हस्तान्तरण भएको हो । कार्यक्रममा बोल्दै बर्माले स्वास्थ्य विमा सहितका कार्यक्रम मार्फत भूटानी शरणार्थीहरुलाई समेत सहयोग पुर्याउँदै आपसी भाइचारा कायम गरेकोमा नगरपालिका कार्यालयलाई धन्यवाद ज्ञापन गरे । साथै उनले समुदायलाई कसरी स्वस्थ बनाउने भन्ने कुरामा सवैले ध्यानदिनु पर्ने धारणा राखे ।
‌आम्दा नेपालका प्रमुख सुमन नेपालले सन् २०१३ देखि शरणार्थी प्रभावित क्षेत्रमा युएनएचसीआर र आम्दा सहितले सहयोग पुर्याउँदै आएको बताउँदै अव १ सय केभीएको ट्रान्सफर्मर र डिजिटल एक्सरे मेसिन समेत नगर अस्पताललाई प्रदान गरिने जानकारी दिए ।