धरान : उदयपुर जिल्ला वेलका नगरपालिका वडा नं. ३ बासिको धरान वि पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गराउन आएकै क्रममा पार्किङमाका राखिएको वाइक हरायो पिडित पक्षले निवेदन दिदा सुरक्षा निकायले चासो नदिएको भन्दै शुक्रबार पत्रकार सम्मेलन भएको छ ।

२०७६ फाल्गुन १३ गत धरान वि .पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गराउन आएका शरण कुमार चौलागाईको उपचार गराउने क्रममा बेलुका आफनो बजाज सगरमाथा कम्पनीको १० प. ५१८५सवारीको कलर रातो कालो बाइक हेन्डिल लक गरि पाकिर्ङमा राखिएको हेल्मेट र चाँबी हातमै बोकेको २०७६ फाल्गुन १४ गते बिहान अवस्थामा वाइक हराएको थाहा पाएपछि धरान घोपा क्याममा सेक्युरिटीलाई जानकारी गराउदा सेक्युरिटीहरुले पिडित पक्षलाई प्रतिउतरमा यहाँ बाइक धेरै सङख्यामा हराउछन् भाई तपाइको नि हरायो अर्थात गैर जिम्मेवारी पूर्ण कुरा गरी पिडित पक्षको क्षतिको बारेमा कुरा नगरी पिडितलाई निरास बनाइयो । पिडित पक्षले सेक्युरिटी सँग यहाँ सी. सी क्यामेरा छ या छैन ? भनि सोध्दा यहा गेटमा एउटा क्याामेरा छ तर त्यो पनि अगाडि देखि बिग्रीएको कुरा गर्नु भयो । यति ठुलो हस्पिटलमा एउटा सीसी क्यामेरा नहुनु ? हरेक दिन सवारी हराउनु ? त्यही पनि हेन्डिल लक गरेको ? एउटा जिम्मेवार लिएको व्यक्तिको उत्तर यस्तो आउनु ? यी सबै कुरा सुन्दा हराएको बाइकमा यही भित्रका कर्मचारीहरुको मिलेमतो रहेको शंका पिडित पक्षलाई लागेको छ ।

बिहान वाइक हरायो त्यही दिन नै धरान इलाका प्रहरी कार्यलय र ट्राफिक कार्यलय धरानमा पनि निवेदन दिन जादा सुरक्षा निकायले कुनै चासो नदेखाएको र उहाँहरुको उत्तर यस्तो बाइक यहाँ कति हराउँछन भन्ने कुरा आएको हुदा पिडित पक्ष आक्रोषित भएका छन् ।

कल सम्पर्क गर्दा खोजि हुदैछ भन्नुको साटो बाइक यहाँ कति हराउछन कति नै भनेर सूरक्षाकर्मिले उत्तर दिँदा बिश्बास कस्को गर्ने कर के का लागि तिर्न भन्दै पत्रकार संम्मेलनमा पिडित प्रदिप चौलागाईले मिडियाकर्मिलाई दु : ख ब्यक्त गरे । सुरक्षा निकायको मूल मन्त्र ‘प्रहरी मेरो साथि ’ नभएको र सुरक्षा प्रभावकारी ढङगबाट गर्न र आगामि दिनमा अन्य जनताले दु : ख नपाउन, ठुलो हस्पिटलमा एउटा सी.सी क्यामेरा राख्न समेत अनुरोध गरेकाछन्।