इटहरी । इटहरी उपमहानगरपालिका वडा नम्बर ९ की मनमाया घिमिरे शुक्रबार बिहान देखि बेपत्ता भएकी छिन। बिहान करिब ७ बजे परिवारका कसैलाई पनि जानकारी नदिइ घरबाट निस्केकी उनी परिवारको सम्पर्कमा आउन सकेकी छैनन ।

उनका नाति गोबिन्द घिमिरेका अनुसार विहान ७ घरबाट एक्कासि बाहिर निस्केकी हुन । परिवार आफन्त सबैतिर खबर गर्दा समेत पत्ता लाग्न नसकेको हुनाले भेट्नुहुने महानुभावले ९८१५३३५५७७ नम्बरमा खबर गर्न उनले आग्रह गरे ।

यस बिषयमा प्रहरीमा समेत जानकारी गराइसकेको उनले बताए । उता इलाका प्रहरी कार्यलय इटहरीका प्रमुख डिएसपी धर्मराज भन्डारीले खोजिकार्य तीब्र पारिएको बताए । सम्भाबित सबैतिर सर्कुलर गरिसकेको उनले जानकारी दिए ।