धरानः धरानमा गत १५ गतेदेखि लागेको जुत्ता-चप्पल व्यापार बजारमा स्वदेशी ब्राण्डमै उपभोक्ताको आकर्षण बढेको छ ।

व्यापार बजारमा नेपालमै उत्पादित विभिन्न मोडलका गोल्डस्टार, कोसेली, क्रस रोड, ल्याण्ड वाक, शिखर, हाइलाइफ, विएफडी आर हिल, सुल्याण्ड लगायतका कम्पनीका जुत्ता-चप्पल राखिएका छन् ।

चैत १० गतेसम्म चल्ने ब्यापार बजारमा अहिले पनि चहलपहल बढ्दो छ । धरानमै फेसनेबलदेखि स्कुले विद्यार्थीको जुत्ता-चप्पल छानी छानी लगाउन पाइन्छ । ‘स्वदेशी वस्तुको प्रवद्र्धन हाम्रो अभियान’ भन्ने नाराका साथ धरानमा औद्योगिक व्यापार मेलासँगै जुत्ता-चप्पल बजार पनि लागेको हो । अवलोकनकर्ता धरानेले स्वदेशी जुत्ता-चप्पल उद्योगहरू फस्टाएको भन्दै प्रशंसा गरेको फुट वेयर मेनिफ्याक्चर एशोसिएसन नेपालका अध्यक्ष कृष्ण फुयाँलले जानकारी दिए ।

मेलामा १५ देखि ६० प्रतिशतसम्म छुटको व्यवस्था रहेको उनी बताउँछन् । ‘धराने फेसनेबल सहर हो भन्ने हामीले बुझेका छौं, फेसनेबल जुत्तादेखि स्कुले विद्यार्थीका लागि चाहिने सबै प्रकारका जुत्ता-चप्पल, युवा, वृद्धवृद्धा सबैलाई फिट हुने प्रकारका जुत्ता-चप्पल व्यवस्था गरेका छौं ।’उनले व्यापार बजारमा करिब २ लाखले अवलोकन गर्ने अपेक्षाका गरिएको बताए । मेलामा स्वदेशी जुत्ता चप्पल किन्नेको संख्यामा उल्लेख्य भीड लागेको छ । मेलामा कम्पनी मूल्यमै जुत्ता पाइने उनको भनाइ छ । ‘धेरैजसो दिइने छुट स्टलमै खुलाइएको छ’, उनले भने, ‘यसले उपभोक्तालाई सहज हुनेछ ।’

सयौं मोडेलका जुत्ता उपलब्ध हुने हुनाले ग्राहकलाई पनि छनोट गर्न सहज हुने आयोजकको भनाइ छ । स्वदेशी उत्पादनको प्रवद्र्धननका लागि मेला आयोजना गरिएको उनले जानकारी दिए । स्वदेशी जुत्ता–चप्पलको ब्राण्डलाई चिनाउनका लागि समेत मेला महत्वपूर्ण हुने उत्पादकहरूको अपेक्षा रहेको उनले बताए ।jutta-chapal-mela-dharan

जुत्ता-चप्पलमा विशेषगरी ग्यारेन्टी पनि दिइएको छ । ६ महिनादेखि एक वर्षको ग्यारेन्टी दिँदै जुत्ता-चप्पल बिक्री भइरहेको अध्यक्ष फुयाँलले जानकारी दिए । ‘ग्यारेन्टी दिएपछि उपभोक्तामा विश्वास बढ्दै गएको छ ।’ उनले भने । सयौं मोडेलका जुत्ता उपलब्ध हुने हुनाले ग्राहकलाई पनि छनोट गर्न सहज हुने आयोजकको भनाइ छ ।