धरान : कोभिड १९ कोरोना भाईरसको संक्रमणको आशंका गरिएको दुई विरामीलाई कोशी अञ्चल अस्पताल विराटनगरले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान जान सल्लाह दिएको छ ।

शुक्रबार आज कोशी अञ्चल अस्पताल  विराटनगरमा स्वास्थ्य परिक्षण गर्न आईपुगेका एक दम्पतीमा सामान्य ज्वरो र रुघामर्गी देखिएकोले धरान स्थित बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आईसोलेसनमा जान चिकित्सकले सल्लाह दिएका हुन् । 

श्रीमान श्रीमती स्वास्थ्य परिक्षण गर्न आईपुगेका श्रीमानमा ज्वरो र सामान्य रुघा खोकी देखियो, त्यसैले उनीहरुलाई बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा गएर परिक्षण गराउन भन्यौ ,कोशी अञ्चल अस्पतालका मेडिकल सुपरिटेण्डेन डा. संगिता मिश्रले जानकारी दिईन् ।

स्वास्थ्य परिक्षण गर्न आएका दम्पतीमा कोरोना होइन, यस्तो समस्याको आईसोलेसनमा परिक्षण गर्न सल्लाह दिएका हौ । यसो भन्नुको कारण भर्खरै साउदीबाट श्रीमान फर्किएकाले गर्दा ट्राभल हिस्ट्री थियो त्यसैले हो । तर श्रीमतीमा केही पनि समस्या नभएको अस्पतालले बताएको छ ।

दुई तीन दिन देखि सामान्य ज्वरो संगै हल्का रुघामर्गी थियो त्यस्तो कोरोना नै भनेर भन्न सकिने अवस्था थिएन । विदेशबाट आएकोले मात्रै हामीले प्रतिष्ठानमा जान सल्लाह दिएका थियौ ,कोशी अञ्चल अस्पताल विराटनगरका फिजिसियन डा. लक्ष्मीनारायण यादबले भने । 'विराटनगरमा आईसोलेसनमा राख्न अहिले नभएकोले उहालाई प्रतिष्ठान जान सल्लाह दिएका हौ '। कोरोना भनेर अतालिनुपर्ने अवस्था नभएको डा. यादबको भनाई छ ।

यो समाचार तयार पारुन्जेल बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आशंका गरिएका दम्पती आई नपुगेको प्रतिष्ठानले जनाएको छ ।